Logo
Logo

रसुवा बाढीबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भोटेकोशी बाढीबारे जानकारी गराएका छन् । सोमबार शीतलनिवास पुगेर लामिछानेले राष्ट्रपति पौडेललाई रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको विनाशकारी बाढीबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री वालेन शाह ‘बालेन’सँगको भेटपछि सभापति लामिछाने राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगेका थिए । भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पु¥याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छन् ।

सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरेर सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीले दिएको जानकारीअनुसार उनले पछि राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्