Logo
Logo

खराब मौसमका कारण चिलिमे हाइड्रोमा उद्धार सामग्री ढुवानीमा समस्या


0
Shares

काठमाडौँ । मौसम खराब भएपछि चिलिमे हाइड्रोपावर क्षेत्रमा सोमबार साँझदेखि हेलिकप्टर उडान अवरुद्ध हुँदा आवश्यक सामग्री ढुवानीमा समस्या परेको छ।

नेपाली सेना र भारतीय उद्धार टोलीका साथै हाइड्रोपावर कम्पनी आफैंले पठाएका पर्वतारोहीसहित उद्धार कार्य भइरहेको छ।

त्रिशूली हेलिप्याडमा टुइन, जेनेरेटर र पम्प छन्। यस्तै, आवश्यक प्लाइउड धुन्चे हेलिप्याडमा र पोन्टुङका लागि आवश्यक ड्रमहरू थाम्बुचेक हेलिप्याडमा तयारी अवस्थामा राखिएको छ।

उद्धारका लागि आवश्यक पर्ने कामदारलाई स्याफ्रुबेसी र ठाडेमा तयारी अवस्थामा राखिएको बताइएको छ। त्यस्तै, स्याफ्रुको हेलिप्याडमा आवश्यक सामग्री तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ।

सामान र टुल्स, हेक्सो बिलेट र मेसिन, ग्रेन्डिडङ मेसिन र कटिङ ह्वील, केबल ४ कोर, ४ एमए–२५० मिटर, तार २÷२०, ७÷२०, ७÷२२ तयारी अवस्थामा राखिएको छ।

यस्तै, बल्ब र हेलोजिन होल्डरसहित इन्सुलेसन टेप, क्लाम्पिङ, टुल्स ठूलो आकारको र केबल सु स्याफ्रू हेलिप्याडमा तयारी अवस्थामा छ।

समरसिबल पम्प, एमसीबी ९१६ए, ३२ए थ्री फेज र सिंगल फेज०, समरसिबल पम्पको होस पाइप, एचडीपी पाइप तथा इलेक्ट्रिक ड्रिल मेसिन र ड्रिल बिट तथा २ केभीए जेनेरेटर तयारी हालमा राखिएको छ।

बाढीका कारण चिलिमे हाइड्रोबाट आठ जना सम्पर्कविहीन छन्। नेपाली सेना र भारतीय उद्धारकर्ताको टोलीले आइतबार चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालेको थियो।

आइतबार पुनः बाढीले बाँध क्षेत्रका अघिल्लो बाढीमा बचेका संरचना भत्काएपछि सोमबारबाट पुनः उद्धार कार्य सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्