काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ।

भदौ १० गते बुधवारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाए २४ जनाको शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको प्रहरीले जनाएको छ ।














