Logo
Logo

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेशनल लाइफको १ करोड ५१ लाख सहयोग


315
Shares

काठमाडौं । गत भाद्र १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट धनजनको क्षति भएकामा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यका लागि नेशनल लाइफ इन्स्योरेनस कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको छ ।

उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको छ ।

उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिबाट पीडितपरिवार राहत दिन र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारी एवं अभिकर्ताहरु सबैमा अनुरोध गर्नुभएको छ ।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति कम्पनीले हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्