Logo
Logo

प्राइम कमर्सियलद्वारा दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख सहयोग


315
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हुनगएकोे जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग तथा रु ७ लाख बराबरको बिभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग प्रदान गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो । भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।

प्राइम कमर्सियल बैंकले देशमा आएका प्रकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायहरुलाई आवश्यक सहयोग गर्दे आएको छ । यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुको राहत,उद्धार तथा पुनस्र्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगहरु प्रदान गर्दे आएको छ । प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायहरुको राहत र पुनस्र्थापनाका लागि नेपाल सरकार तथा सम्वन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता समेत बंैकले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्