Logo
Logo

उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा रु २ करोड १ लाख सहयोग


189
Shares

काठमाडौं । हालै रसुवास्थित भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनस्र्थापनाका लागि नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बकैंले रु २ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले आफ्नो तर्फबाट उक्त सहयोग गरेको हो ।

उक्त बिनाशकारी विपत्ति लगत्तै बैंकले प्रभावित नागरिकको लागि खाद्यान्न, ओड्ने ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामाग्रीहरु यसअघि नै उपलब्ध गराइसकेको छ । कोषमा सहयोग गरेको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनस्र्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको छ । साथै आगामी दिनमा पनि बैंकलेसमुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्