
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । शनिवार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो ।
बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
बैठकमा १५ औँ महाधिवेशन र रसुवा बाढीपछिको अवस्थाबारे छलफल हुने जनाइएको छ । पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिरमा समानान्तर महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसले पार्टी बैठक राखेको हो ।














