काठमाडौं । भदौ १० को बाढीपछि माथिल्लो त्रिशूली ३‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धार कार्य जारी छ । शुक्रवार बिहानै नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको थियो ।

अहिले पुनः सुरुङभित्र एउटा शव फेला परेको उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवल्दार पवन तामाङले जानकारी गराएका हुन् । उनी सुरुङ भित्रैसम्म पुगेर फर्किएका हुन् । उनका अनुसार एउटा शव देखिएको छ ।














