काठमाडौं । नेपाली सेनाले माथिल्लो त्रिशूली ३ एमा जनशक्ति खटाएको छ । नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो ।

दुई जनाको जीवितै सफल उद्धारपछि जनशक्ति थपेर काम थालिएको हो । योसँगै उक्त टोली अहिले पावरहाउसभित्र प्रवेश गरेको बताइएको छ । सो सुरुङमा रहेका अन्य पनि सकुशल रहेको आज मात्रै उद्धार गरिएका सञ्जय साहले बताएका छन् ।
यो पनि पढ्नुहोस्














