Logo
Logo

अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार


252
Shares

 काठमाडौं । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ ।  भरखरै नेपाली सेनाले उनको तस्बिर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ । उनी चिनियाँ नागरिक लुहाइताओ रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

The current image has no alternative text. The file name is: chainesh.jpg

उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको हो । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औँ दिनपछि उनको उद्धार भएको हो । २१६ मेगावाटको अपर त्रिशूली-१  चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्