Logo
Logo

सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई दूतावासको टोलीले भेट्यो


1.2k
Shares

काठमाडौं । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिकलाई दूतावासको टोलीले भेटेको छ। 

The current image has no alternative text. The file name is: china-nepal.jpg

काठमाडौंस्थित चिनियाँ दूतावासको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्ना नागरिकलाई भेटेको हो। टोलीले उनको स्वास्थ्य अवस्था र उपचारबारे पनि जानकारी लिएको छ। 

शनिवार माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट चिनियाँ नागरिकको उद्धार गरिएको छ । उनी भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण सुरुङ भित्रै थुनिएका थिए । 

उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्