Logo
Logo

सुरुङ उद्धारलाई सघाउन स्विट्जरल्याण्डले दियो अत्याधुनिक ड्रोन


378
Shares

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङभित्र जारी खोजी तथा उद्धार कार्यलाई सघाउन स्विट्जरल्याण्डले नेपाललाई एक अत्याधुनिक ड्रोन सहयोग गरेको छ ।

The current image has no alternative text. The file name is: drone-1.jpg

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा प्राप्त उक्त सेमी–अटोनोमस ड्रोन शनिवार नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो । नेपालस्थित स्विस दूतावासका अनुसार नेपाल आइपुगेका एक स्विस मानवीय सहायताविज्ञले उक्त उपकरण प्राधिकरणलाई बुझाएका हुन् ।

यो ड्रोन विशेषगरी साँघुरा, अँध्यारा र मानिस सहजै पुग्न नसक्ने जोखिमपूर्ण सुरुङभित्र उडेर खोजी गर्न यो ड्रोनको डिजाइन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्