
काठमाडौं । नेपाल भ्रमणमा रहेका कोरियाली विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ । शनिबार काठमाडौं उत्रिएका कोरियाली विदेशमन्त्री चोले आइतबार सिंहदरबार पुगेर परराष्ट्र मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।















