काठमाडौं । नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित ग्यिरोङ (केरूङ) बन्दरगाहको मुख्य क्षेत्रमा बनेको अस्थायी ताल बनेर जमेको पानी करिब सबै बाहिरिएको छ ।

ठूलो हिम पहिरोपछि बनेको तालको पानी सबै बाहिरिएको हो । १० वटाभन्दा धेरै फुटबल मैदानभन्दा ठूलो तालको पानी बाहिरिएसँगै नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको छ । अब त्यसबाट उत्पन्न जोखिम धेरै हदसम्म हटेको तिब्बतस्थित क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ ।
विभागलाई उद्धृत गर्दै सिह्नवाले जनाएअनुसार पहिरोका कारण नदी थुनिएर बनेको उक्त तालको पानी पूर्ण रूपमा बगिसकेको छ । पानी निकाससँगै नदीको प्राकृतिक बहाव पुनः सामान्य अवस्थामा फर्किएको छ । अब सम्भावित जोखिम नियन्त्रणमा आएको पनि सिन्ह्वाले जनाएको छ ।















