
काठमाडौं । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग टेलिफोन वार्ता गरेका छन् ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएको जानकारीअनुसार अमेरकी विदेशमन्त्री रुबियोले सभापति लामिछानेलाई फोन गरी भोटेकोसी बाढीका कारण भएको धनजन क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा अमेरिका नेपालको साथमा रहेको बताएका हुन् ।
‘टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपालका जनता र सरकारसँग ऐक्यबद्धता व्यक्त गर्नुभयो’, उनले भने, ‘सभापति लामिछानेले नेपाल सरकारले जारी खोज, उद्धार र राहतमा उपलब्ध सबै स्रोत परिचालन गरिरहेको बताउनुभयो । साथै सभापतिले नेपाली नागरिकसँगै नेपाल सबै विदेशी नागरिकको सुरक्षाप्रति पनि उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयो।’
यस क्रममा लामिछानेले सहयोगी भावनाका लागि अमेरिकी सरकारप्रति आभार पनि व्यक्त गरे । जवाफमा अमेरिकाका विदेशमन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग प्रदान गर्न तयार रहेको बताएका थिए ।















