Logo
Logo

खसी भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ


441
Shares

काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सितामणी घर भइ काठमाडौं रातोपुलका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भइ सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौडाका २१ वर्षीय सुजन रसाइली छन् ।

प्रहरीका अनुसार उनीहरुले रातोपुल नजिक सफिक मासु पसल खालेर खसीको मासु भन्दै प्रतिकिलो १८ सय रुपैयाँका दरले बाख्रीको मासु बेचेका थिए ।

प्रहरीले बाख्रीको मासु र अर्को काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्