काठमाडौं । प्रधानन्यायाधीश मनोज शर्मा छिमेकी मुलुक चीन जाने कार्यक्रम तय भएको छ । भारत भ्रमणको दुई महिना नपुग्दै प्रधानन्यायधीश शर्मा असोज ३ गतेदेखि ८ गतेसम्मका लागि चीन भ्रमणमा जाने भएका हुन् ।

उनी असोज ३ गते नै काठमाडौंबाट चीन प्रस्थान गर्ने बुझिएको छन् । भारत भ्रमणमा पुगेर आएको दुई महिनामै चीन भ्रमणमा गर्नुले मुलुकमा देखिएको भू– राजनीतिको बाछिटासँग पनि जोडेर हेर्न थालिएको छ ।
प्रधानन्यायाधीशको टोलीमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार बिमल पौडेल, प्रधानन्यायाधीश पत्नी,निजी सचिव राजेन्द्र पौडेलसहित चार जना रहने छन् । टोलीले चीनमा आयोजना हुन लागेको न्यायाधीशहरुको दक्षिण एसियाली सम्मेलनमा भाग लिने छ ।
गत साउन ७ गते भारत पुगेका प्रधानन्याधीश शर्माले भारतमा आयोजित एक अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएका थिए । नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा, बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीशका साथै ब्राजिल र केन्याका न्यायाधीशहरू रहेका थिए ।
दुई महिनाअघि मात्रै अन्र्तराष्ट्रिय सम्मेलनमा पुगेका शर्मा पुनः त्यही स्तरको अर्को सम्मेलनमा भाग लिन किन चीन पुग्दैछन भन्नेर न्याय क्षेत्रमा कौतुहलता उत्पन्न भएको छ ।















