काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहिलो जेनजी सहिद दिवसका अवसरमा सहिदहरूको योगदानप्रति सम्मान व्यक्त गरेको छ ।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रधानमन्त्रीको कार्यालयले प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच बोक्ने सहिदहरूको योगदान अतुलनीय रहेको उल्लेख गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक फोटो सेयर गर्दै लेखेका छ, अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाहरूले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न यो दिवसले हामी सबैलाई प्रेरणा मिलोस्।















