काठमाडौं । जेनजी विद्रोहको पहिलो वार्षिकीमा जेनजी फ्रन्टले सरकारसँग विभिन्न प्रश्नहरूको जवाफ मागेको छ । जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा फ्रन्टले बहसपत्र सार्वजनिक गर्दै सरकारलाई विभिन्न १२ प्रश्न गरेको हो । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको शैली विगतका सरकारसँग भन्दा खास फरक नरेहको फ्रन्टको निष्कर्ष रहको छ ।

जेनजी आन्दोलनको बलमा वर्तमान सरकार बनेपनि जेनजीका मुद्दाहरूप्रति गम्भीर हुनुपर्ने सरकारले जेनजीहरुलाई जेलमा हालेर आफू सत्तामा पुगेको आरोप लगाएको छ । सरकार र जेनजी वीचमा सहमति भएपनि त्यसको कार्यान्वयन नभएको बहसपत्रमा उल्लेख गरिएको छ । जेनजी आन्दोलनकारीहरूले हालपनि मुद्दा खेपिरहेको र पुर्पक्षका लागि जेलमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
सरकारले भूमिहीन र सुकुमवासीप्रति पटक पटक प्रहार गरिएको भन्दै फ्रन्टले आपत्ति जनाएको छ । विकल्प नदिई मानववस्ती खाली गरिएको प्रति फ्रन्टले सरकारसँग प्रश्न गरेको छ ।
झण्डै दुई तिहाई सहित प्रतिनिधि सभामा रहेको रास्वपा सरकारले संसद् छल्न उद्धत रहेको फ्रन्टको निर्क्योल छ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उठेका प्रश्नको जवाफ नदिएकोमा फ्रन्टले प्रश्न उठाएको छ ।
प्रधानमन्त्री शाहले संसद्मा सीमा सम्बन्धी दिएको अभिव्यक्ति कुटनीतिक तथा संवैधानिक मर्यादा विपरित रहेको फ्रन्टले बहसमपत्रका लेखेको छ । विगतमा प्रश्न सोधेकै बलमा यहाँसम्म आइपुगेको प्रधानमन्त्री देखि रास्वपा नेताहरू हाल प्रश्नबाट भाग्ने गरेको फ्रन्टको दाबी छ । सुरक्षा निकायलाई छुट्टै छानबिन समिति बनाउने भनिएपनि कारबाहीबाट वचाइएको फ्रन्ट निर्क्योल छ ।
फ्रन्टले जारी गरेको बहस पत्र















