Logo
Logo

१५औं महाधिवेशनलाई हल उपलब्ध गराउन सभागृहलाई कांग्रेसको पत्र


378
Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहलाई पत्र लेखेर हल उपलब्ध गराउन भनेका हुन्।

फाइल फोटो

‘नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी असोज १६-१९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि कांग्रेस केन्द्रीय कार्यालयको नाममा राष्ट्रिय सभागृहको प्रदर्शननी हल, लवी, पार्किङ स्थल तथा बगैंचा उपलब्ध गराइ बुकिङ गरिदिनुहुन अनुरोध गरिन्छ,’ दुलालले लेखेको पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्