Logo
Logo

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण


252
Shares

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहीन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडको तर्फबाट सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पीडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई उपलब्ध गराएको छ ।

उक्त कार्यक्रममा बैैकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैैकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्रबाबु विष्टले जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेका हुन् । यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

बैंकले अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन व्यक्तिहरुको उद्धार तथा घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्