Logo
Logo

गोरखामा दुई बस ठोक्किँदा ४ जना घाइते, एकको अवस्था गम्भीर


252
Shares

काठमाडौं । गोरखामा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गोरखाको भच्चेकबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट गोरखातर्फ गइरहेको बस ठोक्किएका हुन् ।

The current image has no alternative text. The file name is: gorkha.jpg

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनिलकुमार खड्काका अनुसार दुर्घटनामा चार जना घाइतेमध्ये एक जना गम्भीर छन् ।

गण्डकी गाउँपालिका ४ स्थित गैरी चौतारामा भच्चेकबाट काठमाडौं आउँदै गरेको ग २ ख ९८३ बस र काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग २ ख ८००६ ठोकिएका हुन् ।

घाइतेमध्ये तीन जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ । गम्भीर घाइते १० वर्षका बालकलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्