Logo
Logo

रूकुममा जिप दुर्घटना-घाइतेको उद्धारका लागि हेलिकोप्टर मागियो


126
Shares

रुकुम पश्चिम । रुकुम पश्चिममा आइतबार बिहान भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उद्धार गरी बाहिरी जिल्ला पठाउनका लागि हेलिकोप्टर मागिएको छ । गम्भीर घाइते चार जनाको उद्धारका लागि हेलिकोप्टर मागिएको हो । 

The current image has no alternative text. The file name is: accident.jpg

दुर्घटनाका थप ८ घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार जारी रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार घाइते मध्य चार जनाको अवस्था गम्भीर छ । उनीहरूको उपचारका लागि तत्काल बाहिरी जिल्ला पठाउनु पर्ने अवस्था देखिएको हुँदा हेलिकोप्टर माग्न प्रमुख जिल्ला अधिकारीज्यूले सम्वन्य गरी रहनु भएको र थप आठ जना घाइतेको अवस्था मध्यम रहेको तथा सबैको हालसम्म जिल्ला अस्पतालमै उपचार भइरहेको हो ।  

दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका चालक त्रिबेणी गाउँपालिका– १ रुँघाका अन्दाजी ३३ बर्षीय चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका- ६ की अन्दाजी १६ बर्षीया किशोरी प्रेमकला पुन मगर रहेको पौडेलले बताए ।

डिएसपी पौडेलका अनुसार जिपमा कुल १३ जना सवार रहेको खुलेको छ । आइतबार बिहान सवा ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका-६ कोट बाट खलंगा तर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्