Logo
Logo

अझै सास र लासको आशमा आफन्त


315
Shares

काठमाडौं । रसुवाको भोटेकाशीमा बाढी अहिले तीन साता पूरा भयो । बाढीबाट हजारौ व्यक्तिहरु सम्पर्कविहिन रहेको तथ्यांक सरकारी पोर्टलमा राखिएको छ । बाढीबाट सम्पर्कविहिन भएकाहरु जीवित छन् कि छैनन भन्ने चिन्ताबीच कैयन परिवार अझै आश र लासको पर्खाइमा छन् । पिडित परिवारको आँखा आफन्त भेटिने आशाले टोलाई रहेको छ । यस्तो पिडाको बेलामा पनि पिडित परिवार सास र लासको आगि आन्दोलन गर्न बाध्य छन् । पिडितको पिडा शब्दमा बयान गर्न सकिन्न ।

अझैपनि कोही, कतिपय आफन्त खोजिदिनुस् भन्दै सरकारसँग आग्रह गर्दै रोइरहेका छन् । कोही पति र पत्नी खोजिरहेका छन्, कोही छोराछोरी, दाजुभाइ तथा आमाबुबाको खोजीमा छन् । कोही अस्पतालको भित्तामा हराएका आफन्तको फोटो टासेर पर्खाइमा छन् । कतिपय परिवार अझै आफन्त जीवितै भेटिने आशामा छन् । नुवाकोट, चितवन, धादिङ, नवलपरासीदेखि काठमाडौसम्म्का अस्पतालमा सम्पर्कविहिनका आफन्त र नातागोता भेटिन्छन ।

अस्पतालको भित्तामा टासिएका आफन्तका तस्वीर र तथ्यांक केवल संख्या होइन । प्रत्येक संख्याको पछाडी एउटा परिवारको कथा छ । आफन्त जनको आशा छ । प्रत्येक नामको पछाडी कसैका आमा, बाबु, छोरा, छोरी, पति, पत्नी वा आफन्त छन् । पोर्टलमा दर्ता हुने हरेक नयाँ रिपोर्टसँगै कतै एउटा परिवारको आशा थपिएको छ भने कतै पीडा झन् गहिरिएको छ ।

बाढीपछि रसुवामा आफन्तसँग सम्पर्क टुटेपछि परिवारजनको पीडा झन् गहिरिएको छ । कोही मोबाइलमा बारम्बार फोन गरिरहेका छन्, कोही अस्पताल पुगेर आफ्ना आफन्तको खोजी गरिरहेका छन् । तर जवाफ नपाउँदा अस्पताल परिसरमै आफन्तजनको रुवाबासी चलेको छ ।आँखामा आँसु, मनमा डर र मुहारमा आफन्त भेटिने आशामा छन् ।

तीनसातापछि पनि रसुवामा आएको बाढीपछि आफन्त सम्पर्कविहीन परिवारजनको पीडा झन् गहिरिएको छ । बाढीमा परेर घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूलाई अस्पतालमा ल्याइएपछि आफ्ना आफन्तको अवस्था बुझ्न पुगेका परिवारजन शिक्षण अस्पताल महाराजगञ्ज लगायतका अस्पताल परिसरमै रुँदै खोजी गरिरहेका भेटिन्छन् ।

अस्पतालको भित्तामा टासिएका आफन्तका तस्वीर र तथ्यांक केवल संख्या होइन । प्रत्येक संख्याको पछाडी एउटा परिवारको कथा छ । आफन्त जनको आशा छ । प्रत्येक नामको पछाडी कसैका आमा, बाबु, छोरा, छोरी, पति, पत्नी वा आफन्त छन् । पोर्टलमा दर्ता हुने हरेक नयाँ रिपोर्टसँगै कतै एउटा परिवारको आशा थपिएको छ भने कतै पीडा झन् गहिरिएको छ ।

बाढीपछि लामो समयसम्म आफन्तसँग सम्पर्क हुन नसकेपछि परिवारका सदस्यहरू चिन्तित बनेका हुन् । अस्पतालमा पुगेका परिवारजन हराएकाहरुको सूची हेर्दै र उद्धार गरिएका व्यक्तिहरूको पहिचान खोज्दै गरेका छन् । अस्पतालको शय्यामा रहेका घाइतेमध्ये आफ्ना आफन्त छन् कि छैनन् भनेर हेर्न उनीहरू आतुर देखिन्छन् । आफन्तको कुनै खबर नपाउँदा कतिपय परिवारजन भावविह्वल हुँदै रोइरहेका छन् । सम्पर्कविहीन आफन्तको खोजीमा रहेका परिवारजनले खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाउन र सम्पर्कविहीन व्यक्तिको विवरण सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

बाढीले घरपरिवार, सम्पत्ति र जनजीवनमा क्षति पु¥याएसँगै आफ्ना प्रियजनको अवस्थाबारे अनिश्चित बनेका परिवारमा थप पीडा थपिएको छ । अस्पतालमा आफन्तको खोजीमा देखिएको रुवाबासीले बाढीले निम्त्याएको मानवीय संकटको गम्भीरता झल्काएको छ ।

सरकारी तथ्यांकको भर पर्ने हो भने भोटेकोशी बाढीले बगाएका १ हजार ४ सय बढीको शव फेला परेको ५ हजार १३० जना अझै सम्पर्कविहीन छन् । अझ उद्दार अनुरोध पोर्टललाई आधार मान्ने हो भने त १३ हजार बढी सम्पर्क बिहीन छन् । सम्पर्कविहिन हुनेमा ५८७ विदेशी नागरिक रहेका छन् । उनीहरुको खोजी कार्यमा नेपाली सेना र प्रहरीले जारी राखेको छ । अहिलेसम्म १३ हजार ७२८ को उद्धार गरिएको छ । हालसम्म १४८२ पटक हेलिकोप्टर उडान गरिएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

पीडितका लागि अर्को पनि समस्या रहेको छ । शव पहिचानका लागि औंठाछाप, आइरिस, दाँत, फरेन्सिक रेडियोलोजी, फरेन्सिक एन्थ्रोपोलोजी, डीएनएलगायत वैज्ञानिक विधि छन् ।

प्रहरीसँग गृह, परराष्ट्र, निर्वाचन आयोग र यातायात व्यवस्था विभागजस्ता निकायमा रहेका अभिलेखसँग रुजु गर्ने बाटो पनि छ । मृतकको शारीरिक बनोट, कपडा, परिचयपत्र र तस्बिरबाट पनि सनाखतको प्रयास गर्न सकिन्छ । अर्थात्, राज्यसँग शव पहिचान गर्ने विधि र संयन्त्र दुवै छन् । तर विपत्तिको समयमा संयन्त्र कति सक्रिय, समन्वयकारी र पर्याप्त छैनन भन्ने यथार्थ पीडितले भोगिरहेको गुनासो बढिरहेका छन् ।

एउटा शव कुनै अपरिचित वस्तु होइन । त्यो कसैको छोरा हो, कसैकी छोरी हो, कसैको श्रीमान् वा श्रीमती हो, कसैको बाबु–आमा हो । त्यो शरीरसँगै एउटा परिवारको आशा, सम्बन्ध र अन्तिम सम्झना जोडिएको हुन्छ । त्यसैले शव व्यवस्थापनलाई केवल ‘संक्रमण फैलिन नदिनुपर्ने प्रशासनिक काम’ का रूपमा लिएर सरकारले मानवीय अधिकार, परिवारको भावनात्मक न्याय र राज्यको उत्तरदायित्वलाई विर्सेको छ ।

सबैभन्दा पीडादायी अवस्था त त्यो परिवारको हो, जसले आफ्नो प्रियजन हराएको थाहा पाउँछ तर अन्तिम पटक अनुहार हेर्न पाउँदैन । मृत्युको पीडा एकातिर हुन्छ, अनिश्चितताको पीडा अर्कोतिर । ‘मेरो मान्छे कहाँ छरु’ भन्ने प्रश्नको उत्तर नपाउनु आफैंमा अर्को यातना हो ।

प्रतिक्रिया दिनुहोस्