काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूको भेट वार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए।
अर्थमन्त्री वाग्ले तीन दिनका लागि भारत भ्रमणमा बिहीबार नै नयाँ दिल्ली पुगेका हुन्। उनले भारतीय विदेश मन्त्री एस. जयशंकरसँग शनिबार भेटवार्ता गर्ने तय भएको छ।
त्यसअघि उनी भारतमा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन्।















