Logo
Logo

रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान


0
Shares

काठमाडौं । नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले थापालाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

२०८३ मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथीमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो । थापा यससँगै प्रधानसेनापतिको रोलक्रममा समेत बसेका छन् । उनी हालका प्रधानसेनापति सिग्देलको अवकासपछि आगामी भदौ २४ गतेदेखि प्रधानसेनापति बन्ने सम्भावना बलियो छ ।

त्यस्तै, उपरथीमा बढुवा भएका मनोज थापा र सहायक रथीमा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, पंकज रावल र शितल बानियाँलाई पनि दज्र्यानी चिह्न प्रदान गरिएको छ । महासेनानीमा बढुवा भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई पनि दज्र्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000