Logo
Logo

ज्यामिरेघाटमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध


693
Shares

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-ज्यामिरेघाटमा सडक माथिबाट ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

The current image has no alternative text. The file name is: jaymire.jpg

पहिरोका कारण काठमाडौं आउने र जाने दुवैतर्फका सवारीसाधन रोकिएका छन् । पहिरो ठूलो भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । पहिरो हटाउन निर्माणाधीन सडक आयोजनाका डोजर परिचालन गरिएको छ ।

यस्तै, नारायणगढ-मुग्लिन सडकखण्डको किलोमिटर १५ मा लेदो खसेपछि सडक एकतर्फी रूपमा प्रभावित भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000