Logo
Logo

एमाले हाँक्ने युवा नेताहरू प्रशस्त छन् : क्षितिज थेवे


189
Shares

काठमाडौं । नेकपा एमालेका युवा सांसद क्षितिज थेवेले पार्टीभित्र नेतृत्व हाँक्ने युवा नेताहरू प्रशस्त भएको बताएका छन् । शुक्रवार सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले सबैभन्दा व्यवस्थित पार्टी भएकाले नेतृत्व हाँक्ने युवाहरूको कमी नरहेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: THEBE.jpg

उनले भने, ‘पार्टी पुस्तान्तरण हुँदै छ, हामीले पहिले देखिनै युवाहरूलाई विशेष कोटा राखेर हरेक कमिटीमा समेटेका छौँ । हामीबाट बल्ल अरूले सिक्दै छन् । एमालेमा हामी युवाहरू पर्याप्त छौँ । देशको नेतृत्व हाँक्न सक्ने युवाहरू छौँ पार्टीभित्र पनि मनग्य युवाहरू छौँ । पार्टीले सबैभन्दा पहिलेदेखि युवाहरूलाई केन्द्रीय कमिटीमा, प्रदेश कमिटीमा, जिल्ला कमिटीमा कोटा दिएर अगाडि बढाउने पार्टी एमाले हो ।’

गृहमन्त्री सुधन गुरुङले पुराना पार्टीलाई राजनीति सिकाउन आएको भनेर दिएको अभिव्यक्तिबारे प्रतिक्रिया जनाउँदै थेवेले भने , ‘उहाँहरू मन्त्री भएको केही महिना मात्र हुँदै छ, समय लामो छ । पर्खिनुपर्छ, हेर्नुपर्छ, के रहेछ पोलिटिक्स भनेर ।’

मन्त्री गुरुङले यसअघि दिएका अभिव्यक्तिलाई समेत जनताले सुनिरहेको र हेरिरहेको बताउँदै उनले भने, ‘जेनजी आन्दोलनमा म पोलिटिसियन होइन भन्नुभएको थियो । राजनीति अचम्मको हुँदो रहेछ म सिक्दै छु भन्नुभएको थियो, अहिले सिक्ने होइन सिकाउने ठाउँमा पुगिसक्नुभयो !’

प्रतिक्रिया दिनुहोस्