Logo
Logo

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता


252
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा। एस जयशङ्करबीच भेटवार्ता भएको छ । भारत भ्रमणको दोस्रो दिन हिजो अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशङ्करबीच नयाँदिल्लीमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारतबीच रहीआएको सम्बन्ध, यसलाई थप बलियो बनाउनेसहित विविध विषयमा छलफल भएको छ । नयाँदिल्लीमा रहेको नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डा। वाग्लेले रसुवामा बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्‍याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

भेटमा लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायमाथि पनि उनीहरुले छलफल गरेका थिए । यसअघि अर्थमन्त्री डा। वाग्लेले भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गरेका थिए ।

भ्रमणको पहिलो दिन अस्ति उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्