Logo
Logo

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एकजना घाइते


1.1k
Shares

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । घाइतेको तिघ्रामा चोट  लागेको प्रहरीले जनाएको छ । 

The current image has no alternative text. The file name is: dewanjunge.jpg

गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको खड्काले बताए । घाइतेको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्