विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । घाइतेको तिघ्रामा चोट लागेको प्रहरीले जनाएको छ ।

गोली किन र कसले चलाएको भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको खड्काले बताए । घाइतेको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।















