काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्मा चीन प्रस्थान गरेका छन् । चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा भाग लिन उनी त्यसतर्फ गएका हुन् ।

उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन् । भ्रमणपछि टोली असोज ८ गते (२४ सेप्टेम्बर) स्वदेश फर्किनेछ ।















