काठमाडौं । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीलाई सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन् । उनले ओलीको कार्यशैललीको विरोध गर्दै सो चुनौती दिएका हुन् ।

जारी केन्द्रीय कमिटीको बैठक सञ्चालनमा समेत परम्परा तोडिएको भन्दै उनले यस्तै शैलीले पार्टी चल्न नसक्ने बताएका हुन् । गैरेले भने, ‘अब बैठक पनि आफैँ चलाउने, स्वागत पनि आफैँ गर्ने, नाम पनि आफैँ बोलाउने ! यो यसले राम्रो गरेन’
उनले मङ्गलवारको बैठकमा भने,’ यदि यस्तो हो भने अरू पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाऊँ ।’
उनले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा ल्याउन माग गरेका छन् । यो प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको गैरेको भनाइ रहेको छ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफैँ बैठक चलाइरहेका छन् ।













