Logo
Logo

नेकपा बैठकमा ८ एजेन्डा पेश


378
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समिति बैठक सुरु भएको छ । बैठक केहि बेरअघिबाट केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिने प्रवक्ता प्रकाश ज्वालाले बताए ।

नेकपाले यसअघि सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । बैठकले नयाँ कार्यतालिका ल्याउनेछ । प्रवक्ता ज्वालाका अनुसार बैठकमा छलफलका लागि ८ एजेन्डा पेश भएको छ ।

यी हुन् एजेन्डा
१. शहीदप्रति श्रद्धाञ्जली
२. संयोजक सहसंयोजक द्वारा वर्तमान राष्ट्रिय परिस्थिति र हाम्रो दायित्वका विषयमा मन्तव्य
३. महाधिवेशन र अधिवेशनहरूबारे
४. सचिवालय र कार्य समिति बैठक
५. पार्टी र जनवर्गीय सङ्गठनहरूको समायोजन र सदस्यता नवीकरण
६. विशेष सङ्गठन सुदृढीकरण अभियान
७. पार्टीमा समाहित गर्ने बारे
८. विविध क) भोटेकोशी बाढी पीडितको पुनस्र्थापना र पुनर्निर्माण अभियान

प्रतिक्रिया दिनुहोस्