Logo
Logo

रेशम चौधरीको आममाफी सर्वोच्चबाट सदर


756
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आममाफी सर्वोच्चले सदरले गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आमाफीविरुद्ध परेको रिट खारेज गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आममाफी सदर गरेको हो।

The current image has no alternative text. The file name is: resham-chaudhary.jpg

२०८० जेठ १६ मा चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । शारदा कडायतले चौधरीले आममाफी दिने जेठ १४ को निर्णयविरुद्ध रिट दायर गरेकी थिइन् ।

उनले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी थिइन् । कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् ।

चौधरी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत डोटीले नै सुनाएको जन्मकैदको फैसला सदर गरे पनि फैसलाको पूर्णपाठ तयार नभएको अवस्थामा क्रूरतापूर्वक हत्या भएको घटनामा आममाफी दिनु गलत रहेको उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्