Logo
Logo

एमाले केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि जारी


189
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा जारी बैठकमा धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखिरहेका छन् । हिजो मंगलबार ११८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने १६ जना अनुपस्थित रहेका छन् ।

केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ । असोज ५ गतेदेखि सुरु भएको यो बैठक पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ७ गते नै सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिने भएको छ । थप छलफलका लागि भोलि बिहीबार सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठक समापन गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्