Logo
Logo

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन


567
Shares

काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर नपुगेकालाई पार्टी सदस्य नबनाउन निर्देशन दिएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टीको विधान अनुसार सदस्य बन्नको लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको जानकारी गराएका छन्।

१५ औँ महाधिवेशनका क्रममा इलामको माइजोगमाई गाउँपालिका ५ को वडा अधिवेशन मार्फत क्षेत्रीय प्रतिनिधि चुनिएका इलामका सुजल चापागाईँ १७ वर्ष पूरा गरी १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएकाले उनको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगन गरिएको समेत विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी ०८३ माघ १८ गते निजको उमेर १८ वर्ष पुरा हुने नागरिकता विवरण अनुरूप तत्पश्चात् मात्रै निजले चाहँदा पार्टी सदस्यता कायम हुने स्पष्ट गरिन्छ ।’

अन्य कुनै जिल्लाका पनि वडा तहमा भएका निर्वाचनहरूमा यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भएको पाइएमा कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्