Logo
Logo

मनसुन र पश्चिमी वायुको प्रभाव देशभर


252
Shares

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: mausam-water.jpg

महाशाखाले आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

त्यस्तै, आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको धेरै स्थान, सुदूरपश्चिम प्रदेशको तराई भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेश र लुम्बिनी  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |  कोशी र बागमती  प्रदेशको पहाडी भू-भाग एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशको तराई भू-भागको धेरै स्थानमा तथा सुदूरपश्चिम  प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |  कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्