Logo
Logo

सांसद श्रद्धा कुँवरको प्रश्न-युवाका माग सम्बोधन गर्न किन ढिला भयो ?


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा तत्काल टुङ्ग्याउन सरकारसँग माग गरेकी छन् ।

The current image has no alternative text. The file name is: kuwor.jpg

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कुँवरले आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि युवाका माग सम्बोधन नभएको भन्दै किन ढिलाइ भइरहेको छ भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।

उनले भनिन्, ‘असन्तोष एकै दिन जन्मिँदैन र परिवर्तनको चाहना पनि एकै दिन सडकमा आउदैन् । हामी सबैको आआफ्ना क्षमता र योगदान संघष होलान् । आज हामी जुन ठाउँमा छौँ । जुन आवाज लिएर यस सदनमा उभिएका छौँ । त्यसको दिन जेनजी आन्दोलन हो भन्ने कुरा हामीले बिर्सन हुँदैन् ।’

उनले कानुन कार्यान्वयनमा समस्या भए सुधार गर्न र न्याय प्रक्रियामा ढिलाइ भएको भए त्यसलाई तत्काल सम्बोधन गर्न आग्रह गरिन् । आन्दोलनबाट प्रभावित परिवार अझै न्यायको प्रतीक्षामा रहेको भन्दै उनले चाडपर्वको समयमा पनि धेरै आमाहरू आफ्ना छोराछोरी घर फर्किने आशामा रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्