Logo
Logo

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ


378
Shares

काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी लाई  सुन सहित पक्राउ गरेको  हो । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी छन् । उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ । दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्