Logo
Logo

सांसदहरूलाई बोल्नैका लागि नियमापत्ति माग नगर्न सभामुखको आग्रह 


378
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बोल्नका लागि मात्रै नियमापत्ति माग गर्न सांसदहरूलाई आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सांसदहरूलाई यस्तो आग्रह गरेका हुन् ।

The current image has no alternative text. The file name is: dp-aryal-samsad.jpg

उनले भने, ‘माननीय सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वाभाविकै हो । यद्यपि, जे विषयमा नियमापत्ति गरिएको हो सो भन्दा बाहिर गई आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य स्वभनिय देखिँदैन ।’सांसदहरूले नियमावली हेरेर त्यसको मर्मअनुसार नियमापत्ति  गर्ने उनले आग्रह गरेका हुन् । 

उनले भने, ‘माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्नेगरी नियमापत्ति गर्नु सान्दर्भिक हुने कुरा जानकारी गराउँदछु ।’

बिहीबार प्रतिनिधिसभामा अदालतको भूमिकालाई लिएर व्यक्त विचारउपर नियमापत्ति भएको थियो । सुरुमा नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले अदालतपति दबाब बढाउने गरी संसद्मा विचार व्यक्त भएको भनेर यसको आलोचना गरेका थिए ।

आफूहरूले स्वतन्त्र न्यायपालिका चाहेको भन्दै रास्वपाका सांसद यज्ञमणि न्यौपानेले नियमापत्ति गरेका थिए । न्यौपानेको नियमापत्ति उपर पनि एमाले सांसद बरालले नियमापत्ति गरेका थिए । 

अन्य विषयमा समेत संसद्मा नियमापत्ति भइराखेको हुन्छ । यसप्रति ध्यानाकर्षण भएको भन्दै सभामुख अर्यालले नियमापत्ति माग गर्दा नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्