काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह देशभित्रका सार्वजनिक मञ्चमा बोल्न आनाकानी गर्छन् । एकाध पटक देशको संसद्मा बोलेका बालेनको सार्वजनिक प्रस्तुति खासै प्रभावकारी हुँदैनथ्यो । नेपालको संसद्मा त उनले बोलेको कुरा विवादास्पद नै बन्यो । तर, आज सेप्टेम्बर २५, २०२६ मा बालेनले संयुक्त राष्ट्रको महासभामा यसरी बोले, विश्वको ध्यान खिचियो । उनले हालै भोटेकोशीले गरेको बाढी विनाशको दुख मात्रै सुनाएन । विश्व समुदायलाई जलवायु न्याय र विश्व समताबारे जमेर प्रश्न उठाए ।

उनले गरेका भाषणहरूको केही गहिरा सन्देश छन् । सुरुमै उनले प्रश्न गरे, भोटेकोशी विपत्तिलाई हामीले सुन्यौ, खेप्यौ, के विश्व समुदायले उक्त हिमालयन सुनामीको जोखिम सुने रु उनले यस्ता थुप्रै प्रश्न, तर्क र भावनाहरू राखे, जसप्रति विश्व समुदायले नसुनी सुखै छैन ।
केही सन्देशहरूलाई यहाँ बुँदागत रूपमा प्रस्तुत गरिएको छ । पहिलो, उनले संयुक्त राष्ट्र सङ्घको महासभमा विकास, लोकतन्त्र वा शान्तिका उपलब्धिबारे बोल्न चाहेको तर नेपालभित्रको राष्ट्रिय विपद्का बारेमा बोल्नुपरेको बताए । उनले भोटेकोशी बाढीको क्षति, मृत्यु र विस्थापितको पिडा बोल्नुपरेको बताउँदै भने, यो यस्ता विपद् थियो, जहाँ पुरिएका शव अब कहिल्यै फेला नपर्न सक्छ । विपद् र मानवीय संवेदना मिश्रित उक्त प्रस्तुति अन्तर्राष्ट्रिय मञ्चमा राखेर बालेनले विश्वको ध्यान खिचे ।
दोस्रो, उनले भोटेकोशी विपद् नेपालको मात्रै समस्या नभएर विश्वमै हुर्किरहेको जलवायु परिवर्तनको जोखिम भएको सन्देश दिए । उनले भने, यसलाई नेपालको एउटा दुर्घटनाको रूपमा मात्रै विश्वले नबुझोस, यो हिमालय क्षेत्रमा भइरहेको जलवायु परिवर्तनको संकेत हो ।
तेस्रो, उनले जलवायु परिवर्तनको मुद्दामा नेपालले व्यर्थैको मूल्य तिरेको भनेर प्रश्न उठाए । उनले भने, नेपालको विश्वव्यापी हरित ग्यास उत्सर्जनमा योगदान ०।१ प्रतिशत भन्दा कम छ तर यसको ठूलो मूल्य चुकाइरहेको छ ।
चौथो, भोटेकोशी विपद्को कुरा गरेर सहानुभूति मात्रै बटुल्न नचाहेको भन्दै प्रधानमन्त्री बालेले भने, नेपाललाई पीडितका रुपमा हेरेर सहयोग मात्रै होइन, जलवायु संकट सिर्जना गर्न बढी योगदान गर्ने विश्वका अरू देशबाट न्यायपूर्ण जिम्मेवारी चाहिन्छ ।
पाँचौँ, बालेनले महासभामा दिएको अर्को महत्त्वपूर्ण सन्देश हो, जलवायु परिवर्तनको सङ्कटले नेपाल जस्ता कम विकसित राष्ट्रको भौतिक पूर्वाधारलाई पनि सङ्कटमा पार्ने रहेछ । उनले भने, जलवायु संकट विकासको संकट पनि हो भन्दै सडक, पुल, विद्यालय, घरहरू, हाइड्रो पावर कृषि आदि सबै प्रभावित भएको भन्दै विपदले वर्षौसम्म लगाएर गरेको विकास उपलब्धी नाश गरिदिनसक्छ । त्यसैले यो विकासको संकट पनि हो ।
छैटौँ, युद्ध र हातहतियारका लागि प्रतिस्पर्धा गरिरहेका शक्ति राष्ट्रलाई बालेनले कडा पैश्न गरे । सोधे, संसद् युद्धमा खर्च गर्न सक्षम छ । ७२ घण्टाभित्र हतियार पुराउन सक्छ । तर किसानलाई किन मल पुराउन सक्दैन रु किन आम मानिसका आधारभूत आवश्यकतामा विश्व असफल छ रु
बालेनले आफ्ना सम्बोधनमा यस्ता कयौँ बलिया प्रश्न उठाए, मार्मिक प्रस्तुति दिए । र जलवायु न्यायको मुद्दालाई फेरि एकपटक विश्व मञ्चमा उजागर गरे । र, सँगै बाढीका बेला विपद्मा सहयोग गर्ने अन्तर्राष्ट्रिय दातृ निकाय, भारत,चीन लगायतका देशलाई धन्यवाद दिए । पुननिर्माणमा थप सहयोगको अपेक्षा राखेको बताए । सारमा बालेनको संयुक्त राष्ट्रसङ्घ सम्बोधनको सन्देश हो, नेपाललाई दया होइन, व्यर्थैमा पाइरहेको जलवायु सङ्कटको न्याय पाउनुपर्छ । विश्व समुदायले यसमा जिम्मेवारी सहित न्याय दिन अग्रसर हुनुपर्छ ।














