काठमाडौं । धानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको साइडलाइनमा न्युयोर्कमा भएको भेटमा अल्बानिजले बाढीबाट प्रभावित नेपालप्रति सहानुभूति व्यक्त गर्दै राहत र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालसँगै रहेको बताएका छन् ।

भेटमा उनले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै नेपालमा अस्ट्रेलियाले गरिरहेको सहयोगबारे जानकारी गराएका थिए । अल्बानिजले बाढीपछि अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकका परिवार र आफन्तप्रति पनि सहानुभूति व्यक्त गरेको जानकारी गराए ।
‘आवश्यकता रहेको ठाउँमा सहयोग पुर्याउन हामी नेपालसँग मिलेर काम गरिरहनेछौँ,’ उनले सामाजिक सञ्जालमा शाहसँगको तस्बिर राख्दै भनेका छन् ।














