Logo
Logo

पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न सात स्थानमा पहिरो


63
Shares

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

The current image has no alternative text. The file name is: pahiro-1.jpg

पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ । 

कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भए पनि अन्य स्थानमा वर्षाका कारण र पहिरो निरन्तर खसिरहेका कारण पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्