Logo
Logo

यूएनमा बालेनले देशको भावना बोले, मैले खुसी मनले समर्थन गरेँ : गोकुल बास्कोटा


756
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्र सङ्घमा गरेको सम्बोधन देखेर खुसी लागेको बताएका छन् । 

The current image has no alternative text. The file name is: gokul.jpg

प्रधानमन्त्री शाहले अमेरिकाको न्युयोर्कमा आयोजित  संयुक्त राष्ट्र सङ्घको महासभामा नेपाली समयअनुसार आज बिहान ५:४५ बजे सम्बोधन गरेका थिए। 

त्यसको प्रशंसा गर्दै एमाले केन्द्रीय सदस्य बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो । तर म रास्वपा हैन, उनले देशको भावना बोले ! मैले खुसी मनले समर्थन गरेँ ।’

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले भोगेको जलवायु परिवर्तनको असर, दीर्घकालीन प्रभाव र त्यसलाई न्यूनीकरण गर्न विश्व समुदायको सहकार्य आवश्यक रहेको बताएका छन् । 

शुक्रवार बिहान सम्बोधनको सुरुमै प्रधानमन्त्री शाहले हिमालयको काखमा रहेको देशबाट मानवजातिले छिट्टै भोग्नुपर्ने गम्भीर चेतावनी लिएर आएको भन्दै संयुक्त राष्ट्र सङ्घमा असाधारण स्तरको मृत्यु र विनाशबारे बोल्नुपरेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्