Logo
Logo

बीपी राजमार्ग अवरुद्ध, पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड


252
Shares

काभ्रेपलाञ्चोक । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ ।

The current image has no alternative text. The file name is: hold.jpg

वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटानगरेपछि राजमार्ग अवरुद्ध छ । बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको हो । 

बीपी राजमार्गको नमोबुद्ध-६ को चौकीडाँडा, रोशी-७ को चारसयवेशी, रोशी-८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ भने चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ ।

अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भएकोले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्