Logo
Logo

‎कोशीको पानी तिलाठी कोइलाडीका १७ घरमा पस्यो


126
Shares

काठमाडौं ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ ।‎

The current image has no alternative text. The file name is: thila.jpg

‎गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार, घरमा पानी पसेपछि सुत्केरीसहित प्रभावित परिवार अग्लो कोशी बाँधमा बसेका छन् ।‎ वडा नं.४ को टिकुलिया खंग टोलमा बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चनाइ खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया र अखलेश मुखियाको घरमा पानी पसेको छ ।

‎त्यस्तै वडा नं.५ मा भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मन्टुन मुखिया र बेचु मुखियाको घर प्रभावित भएको छ । 

‎यसैबीच तिलाठी कोइलाडी-४ स्थित सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पमा समेत कोशीको पानी पसेको छ । बेस क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश बाहिनी मुख्यालय बर्दिबास, महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले स्थलगत निरीक्षण गरेका छन् ।‎

‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यम कृष्ण थापाका अनुसार कोशीमा पानीको बहवा उच्च भएकोले कोशी छेउछेउमा पानी बढेको अहिले विस्तारै पानी घटने क्रममा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्