काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ । भट्टलाई सो जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरिएको भन्सार विभागले जनाएको छ ।

भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरीका एसपी खुमबहादुर केसीबिच विवाद भएको विषय सार्वजनिक भएपछि विभागले भट्टलाई जिम्मेवारीबाट हटाइएको
एसपी केसी सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीमा कार्यरत रहेका छन् । उनीहरूबिच उत्पन्न विवाद सम्बन्धमा सार्वजनिक भएको विवरणहरूमाथि थप बुझ्न पर्ने भएको भन्दै भन्सार विभागले भट्टलाई त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरिएको जनाएको छ ।














