Logo
Logo

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता


252
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आर्मेनियाका विदेशमन्त्री अरारात मिर्जोयानबीच भेटवार्ता भएको छ ।

The current image has no alternative text. The file name is: shisir-khanal-2.jpg

त्यस अवसरमा उनीहरुबीच आपसी हित र चासोका साथै नेपाल र आर्मेनियाबीचको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा सहकार्य, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा बहुपक्षीय मञ्चहरूमा साझा विषय उठाउने बारेमा विचारविमर्श भएको थियो ।

आजैपरराष्ट्रमन्त्री खनाल र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग पनि भेटवार्ता गर्ने छन् ।  भेटमा परराष्ट्रमन्त्री खनालले नेपालप्रति सद्भाव दर्शाएर २५ मिलियन अमेरिकी डलर प्रदान गर्ने युएईको प्रतिबद्धताप्रति कृतज्ञता ज्ञापन गरे ।

उनीहरुबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्