Logo
Logo

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट


0
Shares

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका तर्फबाट नियुक्ति गैरकानुनी तथा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत भएको दाबी गर्दै उत्प्रेषणयुक्त परमादेशलगायत आदेश माग गरी रिट दायर गरिएको हो ।

नुवाकोटकी सफलता बोगटी, हुम्लाका विरजन विश्वकर्मा र बझाङका सुनिलबहादुर सिंहले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र आनी छोइङ डोल्मा मुक्तान लामालाई विपक्षी बनाइएको छ । मुद्दाको पेसी बुधबारका लागि तोकिएको छ ।

रिट निवेदकहरूले आनी छोइङ डोल्माको नियुक्ति सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७१ विपरीत रहेको जिकिर गरेका छन् । उक्त मापदण्डअनुसार लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ । तर, आनी छोइङले आफू पाँच कक्षासम्म मात्रै अध्ययन गरेको सार्वजनिक रूपमा बताएको भन्दै निवेदकहरूले उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000